आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – बेलायतका अर्थ मन्त्री ऋषि सुनकले प्रधानमन्त्री बोरिस जाेनसनकाे स्वास्थ्यमा सुधार भइरहेकाे बताएका छन् ।
सुनकले भने, 'प्रधानमन्त्री बेडमा बसिरहेका छन् र स्वास्थ्यकर्मीसँग सकारात्मक भएर कुरा गरिरहेका छन् । काेराेना भाइरस (काेभिड १९) बाट सङ्क्रमित भएका प्रधानमन्त्री जाेनसनकाे पछिल्लाे स्वास्थ्य अवस्थाका बारेमा अर्थ मन्त्री सुनकले जानकारी दिएका हुन् ।
अर्थ मन्त्रीका अनुसार पछिल्लाे २४ घण्टामा बेलायतमा एकैदिन ज्यान गुमाउनेकाे सङ्ख्या अहिलेसम्मकै धेरै भएकाे छ । २४ घण्टामा ९ सय ३८ जनाकाे ज्यान गएसँगै बेलायतमा अहिलेसम्म सात हजार ९७ जनाकाे ज्यान गएकाे छ ।
बेलायतमा काेराेना भाइरसबाट ६० हजारभन्दा धेरै सङ्क्रमित भएकाेमा तीमध्ये एक सय ३५ जना उपचारपछि निकाे भएका छन् भने ५३ हजारभन्दा बढीकाे उपचार भइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
योगेश्वर अमात्य
April 9, 2020, 9:01 a.m.बेलायतको प्रम बोरिस जोन्सनको सिघ्र स्वास्थ्य लाभःको कामना गर्दै यो समय बेलायतलाई अघि लान प्रमको अति आवश्यकता छ भन्न चाहान्छु wishing the pm of britain a speedy and full recovery