सुनको भाउ आज घटबढ भएन, चाँदी तोलामा ५ रुपैयाँले घट्यो
माघ २०, २०८१ आइतबार
काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध देशी, विदेशी षडयन्त्र भइरहेको दाबी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले डलर, यूरो पठाएर नेपाललाई ध्वस्त पार्ने षडयन्त्र भइरहेको बताउनु भएको हो । उहाँले सरकारले अबैधानिक ढंगबाट हुने आर्थिक कारोबार रोक्ने र कानुन सम्मत अघि बढने पनि स्पष्ट पार्नुभयो ।
नेपाल राष्ट्रिय इञ्जिनियर संगठन र प्रोग्रेसिब इञ्जिनियर प्रोफेशनल एशोसिएशन बीचको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले सरकारलाई नियन्त्रणकारीको आरोप लगाएर हुने कुनै पनि षड्यन्त्रलाई सरकारले सफल हुन नदिने दृढता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ आयाम दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको दाबी गर्नुभयो । उहाँले चुनाव जित्न र मुलुकलाई समृद्ध बनाउने योजनामा मात्रै दुई पार्टीबीचको एकतालाई नबुझ्न पनि आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Umesh rijal
July 31, 2018, 10:16 a.m.Most respected P. M. Please stop INGO and N. G O of Nepal ..This will be the great work..
John Lamba
July 29, 2018, 7:21 a.m.Respected Prime Minister! May I request you to go for action if you are saying truth! Nepali people do not want see dollars using for anti Nepali. If it is only speech! Only speech!! We people are not foolish to always believe you!
झल ब थापा हाल कतार
July 28, 2018, 8:58 p.m.प्रधानमन्त्री ज्यु देशी बिदेशी एन जि ओ आई एन जि ओ बाट धेरै संचालित हुने पार्टी बिगतको एमाले अहिलेको नेकपा हो । जे पायो तेहि बोलेर आफुले आफैलाई नाङ्गो बनाउदै हुनुहुन्छ । बोल्दा भासण गर्दा अलिकति बिचार पुर्याउने हो कि । यो नाङ्गो नाच कहिलेसम्म ?
Binda khanal
July 28, 2018, 7:30 p.m.आफ्नो कर्तव्य दाइत्व जिम्मेवारी लाइ पनि सम्झनुस प्रधानमन्त्री ज्यू ? नेपाली जनता युरो र डलर खेलाउने हैसियतको छैन । यस काम लाइ रोक्ने जिम्मा हजुरकै हो ।