विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्टलाई नेपा...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – भारतको ओडिशा राज्यका महेश जेना लकडाउनका कारण महाराष्ट्रबाट साइकलमै आफ्नो प्रदेश पुगे । उनले सात दिनमा झण्डै १५ सय किलोमिटरको यात्रा गरे ।
ओडिशाको जाजपुर जिल्लाको बडसुआर गाउँका २० वर्षीय यी युवक पछिल्लो आठ महिनादेखि महाराष्ट्रको साङ्गली–मिराजमा पानीको पम्प बनाउने एक कम्पनीमा काम गर्दै आएका थिए ।
तर मार्च महिनाको अन्तिम हप्ता देशभर लकडाउनको घोषणा गरेपछि उनले काम गर्दै आएको कम्पनीका मालिकले पनि पाँच महिनासम्म कम्पनी बन्द गर्ने निर्णय लिए । अनि महेशले गाउँ नै फर्किने सोच बनाए ।
अहिले जाजपुर जिल्लाको एक स्कुलमा बनेको अस्थायी क्वरेण्टीन शिविरमा बसिरहेका महेशले बाँच्नकै लागि यो उपाय अपनाएको बताए ।
महेशले भने, ‘मालिकले पाँच महिना कम्पनी बन्द गर्ने घोषणा गरेपछि महाराष्ट्रमा गुजारा गर्न कठिन हुने सोचेँ । बचाएको पैसा पनि खत्तम हुने र खान पनि नपाउने हो कि भन्ने लाग्यो । अनि मैले साइकल मै भए पनि गाउँ फर्किने तय गरेँ ।’
तर लकडाउनमा सबै प्रतिबन्धको बाबजुद यति लामो दुरी साइकलमा तय गरेर गाउँ पुग्न सकिन्छ ? डर लागेन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘बिलकुल कुनै डर लागेन । जिन्दगीको दाउमा लागेपछि के को डर ? भागवानको नाम लिए अनि गएको अप्रिल १ तारिखमा त्यहाँबाट साइकलमा हिँडे ।’
महेशले यो सेकेण्ड ह्याण्ड साइकल काममा आउजाउ गर्न सजिलो हुन्छ भनेर १५ सय भारुमा किनेका थिए र त्यसलाई मर्मत गर्न पाँच सय भारु खर्च गरेका थिए । बाटोमा दुई पटक साइकलको टायर पन्चर भयो, जसोतसो गरेर साइकल ठिक गर्दै उनी अघि बढे । र अन्त्यमा त्यही पुरानो साइकलले उनलाई लक्ष्यसम्म पुर्यायो ।
‘बाटोमा धेरैजसो ढावामा खाना खान्थेँ । प्रत्येक ढावा नजिक दर्जनौँ ट्रक रोकिएको हुन्थ्यो । ढावा बाहिरबाट बन्द देखिए पनि भित्र ट्रकका ड्राइभरका लागि खाना बन्थ्यो । म पनि उनीहरुसँगै खाना खान्थे । तर सबै ठाउँमा ढावा हुँदैन थियो र म बिस्कुट र फलबाट भोक मेटाउँथे । बिहानदेखि रातको ११ १२ बजेसम्म साइकल चलाउँथे र कहीँ ढावा या मन्दिर नजिक सुत्थेँ । म १५ दिनभित्र घर पुग्छु कि भनेर निस्केको थिएँ र तर म बाटोमा निकै कम ठाउँमा रोकिए, दिनमा १० १२ घण्टासम्म साइकल चलाउँथे । त्यसैले सात दिनमा नै यहाँ आइपुगेँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।