सुनको भाउ आज घटबढ भएन, चाँदी तोलामा ५ रुपैयाँले घट्यो
माघ २०, २०८१ आइतबार
काठमाडौं - त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन नमान्ने घोषणा गरेका छन् । उनीहरुले प्रतिवेदनमाथि नै प्रश्न उठाउँदै छानबिनको माग गरेका छन् ।
पूर्वन्यायाधीश समेत रहेका कार्कीले पूर्वाग्रही रुपमा कारबाहीको सिफारिस गरेको भन्दै उनीमाथि नै छानविन गर्न त्रिविका पदाधिकारीले माग गरेका हुन् ।सरकार र डा. गोविन्द केसीबीच पछिल्लोपटक भएको नौबुँदे सहमतिमा कार्की आयोगको प्रतिवेदनले दोषी ठहर गरेकाहरुमाथि २ महिनाभित्र कारबाही प्रक्रिया सुरु गरिने उल्लेख छ ।
कार्की आयोगको प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया, रेक्टर सुधा त्रिपाठी, रजिष्टार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभको पदमा नियुक्त नगर्ने निर्णय पर्न सिफारिस गरेको छ ।
त्रिवि पदाधिकारीले शनिबार विज्ञप्ति निकालेर कार्की आयोगको प्रतिवेदन अवैधानिक भएको दाबी गरेका छन् । विज्ञप्तिमा कार्यादेश विपरित त्रिवि पदाधिकारी र कर्मचारीको प्रतिष्ठामा आँच आउने गरी कारबाहीको सिफारिस गरेको भन्दै प्रतिवदेनमाथि विश्वविद्यालयको सदैव असहमति रहेको उल्लेख छ ।
विज्ञप्तिमा कार्कीको कार्य न्यायिक मूल्य र मान्यता विपरित भएको दाबी गरिएको छ । कार्कीमाथि नै छानबिन गर्न पनि माग गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।