बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो,...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा सामान्य जनजीवन सुरु गर्नको लागि तीन चरणको प्रस्ताव गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक गर्दै स्कुल र कार्यालय फेरि खोल्नको लागि तीन चरणको प्रस्ताव पेस गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै सबै राज्यले यी सुझावको बारेमा विचार गर्न पनि ट्रम्पले आग्रह गरेका छन् ।
योजना अनुसार सबै चरण कम्तीमा पनि १४ दिन लागू हुनेछ । लामो समय अर्थव्यवस्था बन्द गर्नु कोरोना सङ्कटसँग लड्ने उचित उपाय नभएकाले अघि बढ्नुपर्नेमा उनको जोड छ ।
योजनाको पहिलो चरणमा सामाजिक दुरी कायम गर्दै स्कुल र कार्यालय खोल्ने उल्लेख छ । यसो गर्दा राज्यमा सङ्क्रमण हुने दर कम भए दोस्रो चरणको बारेमा सोच्न सकिने राष्ट्रपति ट्रम्पको भनाइ छ । योसँगै सीमित सङ्ख्यामा कर्मचारीलाई कार्यालय जाने दिने तर ५० जनाभन्दा धेरै मानिस एक ठाउँमा जम्मा हुन भने पाउने छैनन् ।
तेस्रो चरणमा सबै कार्यालय सामान्य रुपमा खोल्न अनुमति दिइने खबरमा उल्लेख छ ।
अमेरिकामा काेराेना भाइरसकाे सङ्क्रमणबाट ३२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ भने ६ लाख ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।