उदयपुरमा स्थानीय, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित ६९ जनाको स्वाब सङ्कलन

 वैशाख ७, २०७७ आइतबार ८:२०:५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ को भुल्केमा रहेको मस्जिदमा १२ जनालाई कोभिड १९ को सङ्क्रमण पुष्टि भएपछि त्यो समुदायका मानिसहरुको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । 

प्रदेश १ सरकारबाट परिचालित स्वास्थ्यकर्मीको समूहले ५३ घरमा ६० जना स्थानीय, चार जना स्वास्थ्यकर्मी र पाँच जना सुरक्षाकर्मीसहित जम्मा ६९ जनाको स्वाब सङ्कलन गरेको हो । 

सङ्क्रमितहरुसँग सम्पर्कमा आएकाहरुको पहिलो चरणमा स्वाबको नमुना लिइएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । नमुना परिक्षणको रिपोर्ट आएपछि थप प्रक्रिया अगाडि बढाइने प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

स्थानीयहरुलाई शारीरिक दुरी कायम गर्दै व्यवस्थित रुपमा चौरमा लाइन लगाइ पालैपालो सुरक्षित रुपमा स्वाब सङ्कलन गरिएको थियो । स्वाब सङ्कलनमा खटिएका पाँच जना सुरक्षाकर्मी र चार जना स्वास्थ्यकर्मीको पनि स्वाब सङ्कलन गरिएको हो । 

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया