दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सर्यो

 वैशाख १४, २०७७ आइतबार १४:२६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - दिउँसो दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ ।

बैठक बेलुका ५ बजेसम्मका लागि सारिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने सम्भावना छ ।

लकडाउन लम्ब्याउने सरकारको तयारी छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त विधि भएकाले अझै कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको हो । तर, लकडाउन अहिलेको भन्दा केही खुकुलो बनाउने कि कडाइ गरेरै लम्ब्याउने भन्नेबारेमा छलफल पछि निर्णय हुनेछ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको कार्यदलले लकडाउन एक हप्ता थप्न र सङ्क्रमणको अवस्था हेरेर केही ठाउँमा खुकुलो गर्न सकिने सुझाव दिएको छ ।

केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे पनि छलफल भइरहेको छ । पछिल्लोपटक थपिएको लकडाउनको अवधि भोलि सकिंदैछ । प्रधानमन्त्री केपी ओलीले भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने बताउनुभएको छ ।

सङ्क्रमण बढ्दै गएको भारतमा  वैशाख २१ सम्म लकडाउन तोकिएको छ । यस्तै उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तराष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया