दाङ : एक सय २१ जना क्वरेण्टीनमा, १३ जना आइसाेलेसनमा

 वैशाख १७, २०७७ बुधबार ८:२०:८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका पालिकाहरुले काेराेना सङ्क्रमण राेकथामका लागि बनाएका क्वरेण्टीनमा अहिले एक सय २१ जना रहेका छन् ।

१० वटा पालिकाले बनाएका दुई सय ८८ बेडको क्वरेण्टीनमा अहिले एक सय २१ जना रहेकाे स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति कमल चन्दले जानकारी दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले बनाएको क्वरेण्टीनमा ४२, शान्तिनगरमा १२, बबईमा १७, घोराहीमा पाँच, बङ्गलाचुलीमा १०, लमहीमा पाँच, राजपुरमा ६, गढवामा ९ र राप्ती गाउँपालिकामा १३ जना रहेका छन् । उनीहरु नेपालका विभिन्न जिल्ला र भारतलगायत अन्य देशबाट आएका हुन् ।

यसैगरी कोरोना सङ्क्रमणको शङ्का लागेमा उपचारका लागि तय गरिएका दुई आईसोलेसन अस्पतालमा १३ जना रहेका छन् । बेलुझुण्डी कोरोना अस्पतालमा चार र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ जना रहेको स्रोत व्यक्ति चन्दले जानकारी दिनुभएको छ ।

बेलझुण्डीमा र प्रतिष्ठानमा राखिएकाको कोरोना भए/नभएको जाँच भएको छ । उनीहरु कसैमा पनि कोरोनाको सङ्क्रमण देखिएको छैन । 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया