सिरहामा खाद्य कम्पनीले धान किन्न थाल्यो
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौका विभिन्न ठाउँमा आजदेखि आउँदो पुस ५ गतेसम्म दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले सूचना निकालेर फरक–फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने जनाएको छ ।
प्राधिकरणका अनुसार आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसबाट बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । भोलि बिहीवार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।
त्यस्तै पर्सि शुक्रवार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिवार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।
पुस १ गते कीर्तिपुरकै रोपवे फिडर अन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दिर क्षेत्र, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
ती क्षेत्रमा विजुलीको तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको हो । तर मौसम प्रतिकूल रहे सटडाउन नहुने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।