दाङमा लकडाउन उल्लङ्घन गरेको आरोपमा ८ जना पक्राउ

 वैशाख १९, २०७७ शुक्रबार १८:४०:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रहरीले लकडाउनको उल्लङ्घन गरी पसल सञ्चालन गरेको आरोपमा शुक्रबार दाङको तुलसीपुरबाट ८ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले लकडाउनको अवज्ञा गर्ने सातजना र उनीहरुलाई छोड्न सिफारिस गर्ने १ जना गरी ८ जनालाई पक्राउ गरेको हो। 

अत्यावश्यक पसलभन्दा अन्य पसल खोलेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेमा केदार भाँडा पसलका केदार गुप्ता, श्रृङगार पसलका ऋषीराम आचार्य, जितेस फेन्सी स्टोरका ईश्वरी गुप्ता, जुत्ता पसलका रामकुमार रावत, चप्पल पसलका धनबहादुर नेपाली, हार्डवयर पसलका भुपेन्द्र केसी, हियर कटिङका पद्मेश्वर ठाकुर रहेका छन् ।

यस्तै पक्राउ परेकालाई छोड्न भन्दै सिफारिस गर्ने तोकमान केसी रहेको प्रहरीले जानकारी दिएको छ । लकडाउन उल्लङ्घन गरेर पसल खोलेको आरोपमा बिहीबार पनि ७ जनालाई प्रहरीले पक्राउ परेको थियो । 

आउँदो दिनमा गल्ती नगर्ने सर्तमा उनीहरुलाई छोडिएको थियो । तुलसीपुरमा बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, माछा, मासु र खाद्यन्न लगायतका अत्यावश्यक पसलहरुलाई मात्र खोल्न अनुमति दिइएको छ । 

लकडाउनमा भिडभाड कम गर्न तुलसीपुर बजारमा प्रत्येक दिन बिहान २ घन्टा अत्यावश्यक पसल खोल्ने गरिएको छ ।

 

अन्तिम अपडेट: मंसिर २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया