४ महिनामा भित्रियाे ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स
मंसिर २७, २०८१ बिहिबार
दाङ - छिमेकी जिल्ला बाँकेमा शुक्रबार कोरोना सङ्क्रमित भेटिएसँगै दाङको तुलसीपुर भित्रने नाकामा थप कडाई गर्न थालिएको छ ।
बाँकेबाट तुलसीपुर भित्रने तथा तुलसीपुरबाट नेपालगञ्ज जाने एम्बुलेन्ससंगै आवतजावतमा थप कडाइगर्न थालिएको हो ।
लकडाउनको समयमा पनि नागरिकहरु पैदल भए पनि लुकिछिपी आउने क्रम नरोकिएपछि तुलसीपुर भित्रने नाकामा थप कडाइ गर्न थालिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक तथा कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
तुलसीपुर भित्रने नाका अमेलिया र दमारगाँउमा विशेष निगरानी बढाइएको बताउँदै उहाँले अत्यावश्यक बाहेक अन्य आवत जावत पूणरुपमा बन्द गरिएको बताउनुभयो । कोरोनाको सङ्क्रमण फैलिन नदिनका लागि तुलसीपुर भित्रने नाकामा फेरी हेल्थ डेस्क स्थापना गर्ने तयारी भैरहेको बताउनुभयो ।
त्यसैगरी एम्बुलेन्समा पनि चालक र बिरामीसहित बिरामीको सहयोगी तीन जनामात्रै जान पाइने उहाँको भनाइछ । चालकहरुलाई विषेश सुरक्षा सामग्री उपलब्ध गराउने तयारी भइरहेको फोकल पर्सन केसीले जानकारी दिनुभयो । तुलसीपुरमा अहिले सरकारी र नीजि गरी २८ एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।