पानी पार्ने प्रणाली भित्रिदैँ : सुदूरपश्चिम र कर्णालीका थोरै ...
पुस २७, २०८१ शनिबार
इलाम – इलामका अधिकांश क्षेत्रमा बाँदरले बारीमा लगाएको बालीमा बर्सेनि क्षति गर्न थालेपछि किसानहरु हैरान हुन थालेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये माइजोगमाई गाउँपालिका र सुर्योदय नगरपालिकाका किसान बढी वन्यजन्तुको मारमा परेका छन् । माइजोगमाई गाउँपालिका वडा नम्बर ५ सोयाङ्गमा मात्र बाँदरले ६ लाख बराबरको बालीमा क्षति पुर्याएको स्थानीय किसान बताउँछन् ।
कृषिबाली मकै , सुन्तला , लिची , आँप , भूईँकटर , रुखकटर , अम्लिसो , अलैचीलगायतका बाली बाँदरले क्षति पुर्याउने गरेको छ । वन्यजन्तुको दीर्घकालीन समाधान नखोजिनुले फल्न नपाई लगाएको बाली नष्ट हुँदा गरिबीको संख्या बढेर जाने स्थानीय दीपजलन लिम्बु बताउनुहुन्छ ।
बाँदर मात्र होइन गाउँपालिकामा बँदेल, भालुजस्ता वन्यजन्तुले समेत किसानलाई दुःख दिने गरेका छन् । बाँदरले केटाकेटी तथा महिलाई लखेट्ने, आक्रमण गर्ने गर्नथालेपछि महिला तथा बालबालिका खेतीपातीमा जान समेत डराउन थालेका छन् ।
गाउँपालिका अध्यक्ष जितबहादुर राई भन्नुहुन्छ ‘यो समस्याबाट छुटकारा पाउने हामीसँग केही उपाय नै छैन । हाम्रो पहुँच भन्दा माथिको कुरा भएकाले हामी पनि त्रासमा बस्न बाध्य छौँ ।’ सरकारले यसका लागि केही व्यवस्था मिलाउन सके मात्र यो समस्याको न्युनिकरण हुनसक्ने अध्यक्ष राईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।