बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो,...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ- चीनको सरकारी सञ्चारमाध्यमको अनुसार हुबेई प्रान्तमा रहेको वुहान शहरका सबै एक करोड १० लाख नागरिकको कोभिड-१९ परीक्षण गर्ने योजना तयारी गरिँदैछ ।
यो योजना अहिले सुरुवाती चरणमा छ तर कसरी १० दिनभित्र परीक्षणको काम गर्न सकिन्छ भनेर वुहान शहरका सबै जिल्लाबाट जानकारी मगाइएको छ । वुहान शहरको एक समुदायमा रहने ६ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले यो योजनाको बारेमा सोच्न बाध्य भयो ।
वुहान शहरमा नै कोभिड-१९ को पहिलो सङ्क्रमण पाइएको थियो र त्यसपछि पूरै शहर ११ हप्तासम्म लकडाउन गरिएको थियो । गएको अप्रिल ८ मा लकडाउनको प्रतिबन्ध पूर्णरुपमा हटाइएको थियो । तर फेरि सङ्क्रमण देखिन थालेपछि स्थानीय प्रशासनको चिन्ता बढेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।