छिमेकी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि दाङमा उच्च सतर्कता

 जेठ १, २०७७ बिहीबार ९:८:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ - छिमेकी जिल्ला बाँके र कपिलवस्तुमा कोराना भाइरसको सङ्क्रमण बढेपछि दाङमा उच्च सतर्कता अनपाइएको छ ।

बुधबार भएको मुख्यमन्त्री र प्रदेश सभासद सहितको सर्वपक्षीय छलफलमा भारत हुँदै आएका व्यक्तिहरुबाट कोरोनाको सङ्क्रमण देखिएको निष्कर्षसहित उच्च सतर्कता अनपाउने निर्णय भएको हाे । भारतमा रेल सेवा सञ्चालन र लकडाउन केही खुकुलो बनेपछि भारतमा रहेका नेपालीहरु अव स्वदेश फर्कन सक्ने त्यसको व्यवस्थापनमा लाग्नु पर्ने निष्कर्ष बैठकले गरेको छ ।

६ हजारभन्दा बढी नेपाली दाङ आउनसक्ने आकलनसहित बैठकले उनीहरु सबैको कोरोना परीक्षण र क्वरेन्टीनमा अनिवार्य रुपमा बसाल्ने गरी स्थानीय पालिकाहरुलाई जिम्मेवारी दिने निर्णय समेत भएको छ ।

छलफलमा पालिका प्रमुख तथा प्रतिनिधिहरुले भारतमा काम गर्ने नेपालीहरु सीमा क्षेत्रमा आउन थालेपछि घर ल्याउन दबाब बढेको बताएका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई घरसम्म ल्याउन अनिवार्य कोरोना परीक्षण गर्न र तिनीहरुको व्यवस्थापनको लागि केन्द्र र प्रदेश सरकारले तत्काल योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भन्नुभयो, ‘भारतको रुपैडिहा नजिक बाबागञ्जमा बबई गाउँपालिका नागरिक १७ जना नागरिक बसेको खबर आएको छ । हरेक दिन नागरिकहरुले फोन मार्फत जानकारी दिइरहनु भएको छ । उहाँहरुलाइ कसरी घर सम्म ल्याउने?’

दाङको सीमा नाका प्रयोग गरेर ६ हजार मानिस भित्रने आकलन गरिएको र ती मानिसहरु आएमा उनीहरुको व्यवस्थापन गर्न क्वरेन्टीन बनाउन तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।

‘गढवा, राजपुर, लमही र राप्ती गाउँपालिकामा क्वरेन्टीन बनाउने तर्फ ध्यान दिएका छौं’, उहाले भन्नुभयोे, ‘क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण गरेर मात्रै सम्बन्धित ठाउँमा पठाउन सकिन्छ ।’

छलफलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दक्षिण भारत र दिल्लीबाट नेपाल आउने हरेक व्यक्तिको कोरोना परिक्षण गरिने बताउनुभयो । भारतको क्वरेन्टीनमा बसेकाहरुलाइ स्वास्थ्य परिक्षण नगरी नेपाल फर्काउन थालेपछि कोरोना सङ्क्रमण हुने खतरा रहेको भन्दै उहाले सीमा क्षेत्रमा आउने सबैलाई क्वरेन्टीनमा राखिने र कोरोना परिक्षण गरेर मात्रै घर सम्म पु‍¥याउन सकिने बताउनुभयो ।

मुख्यमन्त्री पोख्रेलले भारतले डब्लूएचओको मान्यता पालना नगरेकाले सीमा क्षेत्रमा थप झमेला उत्पन्न भएको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया