प्रकृतिको मृगौला सिमसार
माघ २०, २०८१ आइतबार
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीचको समझदारी कार्यान्वयनमा दुई पक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनु भएको छ ।
अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दुई मुलुकबीचमा गरिएको समझदारी कार्यान्वयनको कामले गति लिन थालेको बताउनु भएको हो । उहाँले नेपाल–भारतबीचको सम्बन्ध खुला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउने प्रयत्न भइरहेको दावी पनि गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत थिंक टयांक समिट’ को उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालको समृद्धि भारतको पनि स्वार्थको विषय भएको स्पष्ट पार्दै समान सार्वभौमसत्ता र समान स्वार्थमा आधारित रहेर आपसी सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भारतसँगको सहमति अनुसार रेल र जलमार्गमा जोड दिएर आर्थिक समृद्धिको यात्रालाई अघि बढाउने नेपालको योजना पनि अघि सार्नुभयो ।
अध्यक्ष दाहालले दुई मुलुकका प्रधानमन्त्रीबीचको ताजा विश्वासिलो सम्बन्धलाई आधार मानेर दुई मुलुकको बीचको सम्बन्धलाई अझै गाढा बढाउँदै लैजानुपर्नेमा पनि जोड दिनु भयो । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दुई मुलुकबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउन सम्वद्ध सबै पक्षलाई पहल गर्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध राम्रो भएको पनि स्मरण गराउनुभयो । मन्त्री यादवले नेपालले भारतसँगको सम्बन्ध स्वाभिमानका साथ अघि बढाउन चाहेको पनि स्पष्ट पार्नुभयो ।
नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गर्नु भयो । उहाँले अरुण–३ जल विद्युत आयोजना र वीरगंजमा क्वारेन्टाईन चेकपोष्ट स्थापना गर्ने पछिल्ला सम्झदारीले दुई मुलुकबीचको आर्थिक साझेदारी अभिवृद्धि हुँदै जाने विश्वास दिलाएको पनि स्मरण गराउनु भयो ।
कार्यक्रममा दुवै मुलुकका राजनीतिक, बुद्धिजीवि र व्यवसायीबीच दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विविध आयामका विषयमा पनि अन्तरक्रिया गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
shiva
July 31, 2018, 3:02 p.m.भारतसंग के भयो थाहा छैन, तर नेपाली जनतालाई चाहिं ओली सरकारले १०० % विश्वासघात गर्यो /