टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – भिडियाे शेयरिङ एप टिकटकमा राखिएकाे एक भिडियाेमा महिलाविरुद्ध एसिड आक्रमणलाई बढावा दिएकाे आराेप लागेकाे छ । याे भिडियाे भारतका टिकटक प्रयाेगकर्ता फैसल सिद्दीकीले बनाएका हुन्, जसकाे सामाजिक सञ्जालमा निकै आलाेचना भइरहेकाे छ ।
मुम्बईमा बस्दै आउका फैसलकाे टिकटक एकाउन्टमा १ दशमलव ३४ कराेड फलाेअर्स छन् र उनी निकै लाेकप्रिय छन् । उनी टिम नबाबसँग पनि जाेडिएका छन्, जाे टिकटकमा भिडियाे राख्ने एक समूह हाे ।
फैसल नियमित रुपमा टिकटकमा भिडियाे राख्दै आइरहेका छन् । अहिले सामाजिक सञ्जालमा भाइरस र आलाेचित भइरहेकाे भिडियाेमा फैसल एक युवतीसँग भनिरहेका छन्, 'उसले तिमीलाई छाेडिदियाे, जसकाे लागि तिमीले मलाई छाेडेकी थियाै । त्यसपछि उनी युवतीमाथि केही फ्याँक्छन् जसकाे कारण युवतीकाे अनुहारमा कालाे र राताे रङ्गकाे छाप बन्छ ।'
याे भिडियाेप्रति भारतकाे राष्ट्रिय महिला आयाेगले मध्यनजर गर्दै महाराष्ट्रका डीजीपीलाई एक पत्र लेख्दै आईटी एक्ट अनुसार कारबाही गर्न अनुराेध गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Joshan Khatri
May 18, 2020, 7:10 p.m.सामाजिक संन्जालको दुरुपयोग गर्नेलाई कार्वाही हुनुपर्छ टिकटक रमाइलो र समय बिताउनकोलागी हो कसैको चरीत्रहत्या गर्न हैन !