काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङको घोराही उपमहानगरपालिकाका विभिन्न क्वरेण्टीनमा बस्दै आएका ८० जनाको कोरोना जाँचकाे लागि स्वाब सङ्कलन गरिएको छ ।
कुईरेपानी क्वरेण्टीनमा बसेका घोराही ३ का एक जनामा कोरोना सङ्क्रमण देखिएपछि उनीसँगै भारतबाट आएका ५२ जनामध्ये १३ जनाबाहेक अन्यको स्वाब सङ्कलन भएको छ।
ती १३ जना वडा नम्बर १, ५ र ६ का क्वरेण्टीनमा बसेका छन् । उनीहरुको पनि मङ्गलबारसम्ममा स्वाब सङ्कलन गरिने बताइएकाे छ । त्यस्तै कुईरेपानी क्वरेण्टीनमा रहेका विभिन्न ठाउँ र भारतबाट आएका १३ जना, पाँच जना स्वास्थ्यकर्मी, पाँच जना सुरक्षाकर्मी र दुई जना कार्यालय सहयोगीको पनि स्वाब सङ्कलन भएको छ ।
यसैगरी अन्य वडा नम्बर २, ४, ८, १०, १२, १५, १७, १८ र १९ का १६ जनाको स्वाब सङ्कलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकाे प्रयोगशालामा लगिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।