अमेरिकामा बिरामी बोकेको सानो विमान बस्तीमा खस्दा ७ जनाको ज्य...
माघ २०, २०८१ आइतबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन सरकारसँग माग गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले संसदीय सुनुवाइ समितिमार्फत् प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको प्रस्ताव अस्वीकार गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिनुभयो ।
बुधबार काठमाडौंको माइतीघर मण्डलामा सरकारको विरोधमा पार्टीद्वारा आयोजित ‘विरोध जुलुस’ लाई सम्बोधन गर्दैै उहाँले संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई प्रधानन्यायाधीश नबनाए त्यो शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।
अध्यक्ष राणाले चर्को मूल्य वृद्धि र करको भार जनताले थेक्न नसक्ने भएपछि सरकारविरुद्ध आफूहरु सडक संघर्षमा आउनु परेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारले जनतालाई पीडा मात्रै दिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले सरकारले आफ्ना जनविरोधी कदम तत्काल नसच्याए कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अरुण कर्ण
Aug. 1, 2018, 5:29 p.m.स्वीकार गरे हामी मान्दैनौं । फसेन गाडी ।