फाल्गुनन्द गोल्डकप फुटबल : एनआरटीलाई हराउँदै मच्छिन्द्र क्लब फाइ...
पुस १३, २०८१ शनिबार
रुपन्देही – रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालमा उपचारकाे लागि भर्ना भएका २५ जना कोरोना सङ्क्रमित साेमबार डिस्चार्ज भएका छन् । अस्पतालका अनुसार डिस्चार्ज हुनेमा चार वर्षीया बालिकासहित २२ जना पुरुष र दुई जना महिला रहेका छन् ।
रुपन्देहीको गैडहवाका एकै परिवारका तीन महिलासहित १० जना , लुम्बिनी सांस्कृतिक नगरपालिकाका पाँच जना , कपिलवस्तु नगरपालिकाका चार जना , कपिलवस्तुकै विजयनगरका एक जना , भारतीय नागरिक एक जना , भैरहवाका एक जना, पश्चिम नवलपरासीको प्रतापपुरका एक जना र सुस्ताका दुई जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालले बताउनुभयो ।
लगातार दुई पटक परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएकालाई प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले खादा लगाउँदै पुष्पगुच्छा दिएर बिदाइ गरिएको दर्नालले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।