धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – कतारको दोहाबाट पर्सि बिहीबार हिमालय एअरलाइन्समार्फत हुने उडान रद्द भएको छ । कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान प्राविधिक कारणले रद्द भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
अर्को उडान कहिले हुन्छ भन्ने टुंगो लागेको छैन । कतारबाट स्वदेश फर्कने नेपालीको सङ्ख्या ६ हजार ७७ छ । यो दूतावासको प्राथमिकतामा परेका नेपालीको सूची हो ।
विभिन्न कारणले समस्यामा परेका ५ हजार १ सय १२ जना प्राथमिकतामा परेका छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टिपाएका हुन् ।
स्वदेश फर्कने नेपालीलाई कम्पनीले नै टिकटको व्यवस्था गरिदिने भएका छन् भने अन्य विभिन्न कारणले समस्यामा परेका र कम्पनीले पनि टिकट नदिएमा नेपाली आफैंले टिकट लिनुपर्ने हुन्छ ।
कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा ४ वटा उडान हुनेछन् । तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् ।
उनीहरुबाट पनि प्राथमिकता छुट्याएर दूतावासले पहिलो चरणमा प्राथमिकतामा परेको नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रुपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ ।
सरकारले कतारबाट नेपालीलाई ल्याउन जुन १६ र २० नेपाल एअरलाइन्सले तथा जुन १७ र २० मा हिमालय एअरलाइन्सले उडान भर्ने तालिका तय गरेको थियो । जुन १७ मा हुने उडान भने रद्द भएको हो ।
दूतावासले आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल फर्कनुपर्ने, सुत्केरी तथा गर्भवती, कोभिड–१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको छ ।
यस्तै अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका, पर्यटक तथा व्यापारिक भिसामा गएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि प्राथमिकता परेका छन् ।
कतारको प्रचलित कानुन अनुसार हवाई उडानको लागि अनुमति नपाएका व्यक्तिहरुको हकमा भने दूतावासले कतारको सम्बन्धित निकायमा समन्वय गर्ने जनाएको छ । ती निकायहरुबाट आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरुलाई त्यसपछिका उडानहरुमा स्वदेश फर्काउने दूतावासको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।