लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पूरा गर्न प्रयासरत रहेको बताउनुभएको छ ।
२१ औँ तुलसीलाल स्मृति दिवसको अवरसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममाबोल्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।
प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने प्रधानमन्त्री ओलीको भनाई छ, ‘सरकार हरेक क्षेत्रलाई उत्पादनसँग जोड्न चाहन्छ । उत्पादनमा आधुनिकीकरणका माध्यमबाट उत्पादकत्व वृद्धि गरी उपभोगमा पनि सामाजिक न्यायसहितको प्रबन्ध गरिन्छ ।’
केही केही राजनीतिक पार्टीहरु विचारमा प्रतिस्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिँजाउँदै हिँडेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘यस्ता हल्लालाई जनताले तिरस्कार गर्छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अलमलल्याएका छन् ।’
प्रधानमन्त्री ओलीले कांग्रेसले संसदीय अभ्यास समेत गर्न नदिएको दावी गर्नुभयो । उहाँले लोकतन्त्रको नाममा कांग्रेसले छाडातन्त्र ल्याउने खालका गतिविधि गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले लोकतान्त्रिक भनिने कांग्रेसले बहुमतको निर्णय नमानेर संसदीय व्यवस्थाकै अपमान गरिरहेको आरोप पनि लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले तुलसीलाललाई वाम आन्दोलनका पुराना नेताको रुपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न उहाँको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।