घोराहीका वडा र स्वास्थ्य कार्यालय सिल

 असार २, २०७७ मंगलबार १७:१२:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाभित्रका विभिन्न वडाका स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि उनीहरुले काम गर्ने स्वास्थ्य कार्यालय र उनीहरुले आउआउ गरेका वडा कार्यालयमा सिल गरिएको छ । जसअनुसार घोराही ३ को कार्यालय सिल गरिएको छ, जहाँ सङ्क्रमित स्वास्थ्यकर्मी बस्ने गरेका थिए ।

त्यस्तै वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ, जहाँ दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए । त्यसैगरी वडा नम्बर २ को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय पनि सिल गरिएको छ ।

बुधबारदेखि सङ्क्रमित स्वास्थ्यकर्मी र वडा नम्बर १७ तथा १८ का सङ्क्रमितका परिवारको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन सुरु गरिने घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

घोराही वडा नम्बर १७ का १७ र घोराही वडा नम्बर १८ का दुई जना रिपोर्ट नआउँदै घरमा गएकोले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको हो । 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया