अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्चको छानबिन हुने बताउनुभएको छ ।
नेपाली कांग्रेसले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सरकारले कोरोना नियन्त्रणको लागि अहिले हतार-हतारमा काम गरिरहेको तर आर्थिक पारदर्शिताको लागि भएका खर्चको छानबिन हुने वचन दिनुभएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले छिटो काम होस् भनेर कतिपय जिम्मेवारी नेपाली सेनालाई दिइएको तर सेनाले गरेको खर्चको पनि सबै हिसाब–किताब पारदर्शी हुनुपर्ने बताउनुभएको थियो ।
उहाँले भारतबाट फर्किएका नेपालीहरुलाई राख्ने क्वरेण्टीनमा मापदण्ड नपुगेको स्वीकार गर्दै सुधारको कोसिस भइरहेको बताएको पनि नेता खाँणले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण बढाउनुपर्ने, अस्पताल र जनशक्ति बढाउनुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन हुनपर्नेलगायतका माग राखेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
कांग्रेसले जोखिम कम गर्दै व्यापार व्यवसाय खोल्नुपर्ने, मारमा परेका उद्यमीलाई राहत दिनुपर्ने, शहरमात्रै नभइ ग्रामीण क्षेत्र र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पनि वैकल्पिक विधिबाट पढाउनुपर्नेलगायतका माग राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।