दाङ : बिहीबारदेखि साँझ ५ बजेपछि सबै बजार बन्द हुने

 असार ३, २०७७ बुधबार १२:३७:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा बिहीबार देखि लागू हुनेगरी सबै बजारहरु साँझ ५ बजेपछि बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले केही समयका लागि साँझ ५ बजेपछि बजार बन्द गर्ने निर्णय गरेको हो । बैठकले यही रफ्तारमा सङ्क्रमितहरु बढिरहेमा नयाँ रणनीति बनाउने समेत योजना बनाएको छ ।

यसैगरी बैठकले गाडीहरुलाई व्यवस्थित गर्न निजी ​जोरबिजोर प्रणाली जिल्लाभर लागू गर्ने निर्णय गरेको छ । मोटरसाइकलमा भने जोरबिजोरका साथै एक जनामात्र चढ्न पाइनेछ ।

चार पाङ्ग्रेका हकमा चालकसहित अन्य दुई जना बस्नेगरी जोरबिजोर प्रणाली लागू गरिएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्षा प्रमुखहरु, दशवटै गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, पत्रकार महासंघ, दाङ उद्योग वाणिज्य संघ, जिल्ला चेम्बर, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियाे ।

बैठकले जिल्लामा कोरोना सङ्क्रमितहरुको प्रभावकारी उपचारकाे व्यवस्था गर्ने, क्वरेन्टीन, आइसाेलेशन व्यवस्थित गर्ने साथै दश जनाभन्दा बढीको शव व्यवस्थापनका लागि चाहिने सामानहरु जिल्ला विपद् व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया