दाङ र सल्यानका थप ३३ जनामा कोरोना पुष्टि

स्वाब परीक्षणको लागि नमुना सङ्कलनमा खटिएकी स्वास्थ्यकर्मीमा पनि कोरोना

 असार ३, २०७७ बुधबार २०:२१:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – बुधबार दाङ र सल्यानका थप ३३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पीसीआर परीक्षणमा दाङका आठ र सल्यानका २५ जनामा कोरोना पुष्टि भएको हो । 

बुधबार दाङको राप्ती गाउँपालिका पाँच र गढवा गाउँपालिकाका तीन जना गरी आठ जनामा कोरोना पुष्टि भएको हो । योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ५१ पुगेको छ ।

यसैगरी सल्यानको कुमाख, बागचौर र त्रिवेणी गाउँपालिकाका २५ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा बुधबार पुष्टि भएका चार जना महिला र २९ जना पुरुष छन् ।

यस्तै दाङमा कोरोना भाइरस सङ्क्रमितको स्वाब परीक्षणको लागि नमुना सङ्कलनमा खटिएकी स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टिपछि उनलाई उपचारको लागि आइसोलेशनमा भर्ना गरिएको छ । राजपुर गाउँपालिकामा ल्याब असिस्टेन्ट पदमा कार्यरत २५ वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

राजपुर स्वास्थ्य शाखा संयोजक कमल रोकायाले  उनलाई उपचारको लागि कोरोना उपचार आइसोलेशन सेन्टर मौरीघाटमा पठाइएको जानकारी दिनुभएको  छ । 

अन्तिम अपडेट: मंसिर २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया