काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङको तुलसीपुर बजार आज शुक्रबारदेखि दिउँसो १२ बजेपछि बन्द हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा जोखिम न्यूनीकरणकाे लागि शुक्रबारदेखि लागू हुने गरी दिउँसो १२ देखि बजार बन्द गर्ने निर्णय गरेको हो । तर अत्यावश्यक तरकारी, दूध, औषधि, भेटनरी, कृषि, ढुवानी, बैंक, वित्तीय सेवा, बीमालगायतका व्यवसायहरु पहिलेकै निर्णय अनुसार सञ्चालन हुनेछन् ।
बैठकले उपमहानगरलिकाभित्रका क्वरेण्टीनलाई थप व्यवस्थापनसहित निरन्तरता दिने, नगरका तीन ठाउँमा शव अन्त्येष्टिको व्यवस्थापन गर्ने, शव वाहनका लागि प्रदेश सरकारसँग माग गर्ने, घोराही–तुलसीपुरको आवत जावतमा थप सजगता अपनाउनेलगायतका निर्णय गरेको छ ।
विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको बैठकमा नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, १९ नम्बर बाहिनी, तुलसीपुर उद्योग वाणिज्य सङ्घलगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
दाङको घोराही बजार भने बिहीबारदेखि नै बेलुकी ५ बजेपछि बन्द हुने निर्णय गरिएकाे थियाे । कोरोना सङ्क्रमण दर बढेपछि दाङमा उच्च सुरक्षा सतर्कता बढाइँदै बजार बन्द गरिएको हाे । दाङमा अहिलेसम्म दुई सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।