अमेरिकामा बिरामी बोकेको सानो विमान बस्तीमा खस्दा ७ जनाको ज्य...
माघ २०, २०८१ आइतबार
काठमाडाैं – त्रिभुवन विश्वविद्यालयले भावना बज्राचार्यलाई प्रवक्ता र नोदनाथ त्रिताललाई सह–प्रवक्ताको जिम्मेवारी दिएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख बज्राचार्यलाई प्रवक्ता र शाखा अधिकृत त्रिताललाई सहप्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका गतिविधी, निर्णयहरु, र विश्वविद्यालयसम्बन्धी सन्देश प्रवाह तथा सञ्चारमाध्यमसँग समन्वय गर्न सहज बनाउन प्रवक्ता र सहप्रवक्ताको व्यवस्था गरेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले जनाएको छ ।
नेपाल सरकारले जारी गरेको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ३५ मा प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयले आफ्नो मन्त्रालय, विभाग एवं सरकारी निकाय तथा कार्यालयको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन कुनै अधिकृतलाई प्रवक्ता तोक्नुपर्ने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।