टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – दक्षिण कोरियाले अहिले आफ्नो देशमा कोरोना सङ्क्रमणको दोस्राे लहर सुरु भएकाे बताएको छ । सङ्क्रमणको पहिलो झट्कलाई सावधानीपूर्वक सामना गरेको र दोस्राे लहर लामो समय रहन सक्ने रोग नियन्त्रण केन्द्र कोरियाले बताएको बीबीसीले जनाएको छ ।
मे महिनामा नयाँ सङ्क्रमण शून्य नजिक पुर्याएको भए पनि पछिल्ला दिनमा नयाँ सङ्क्रमण पुष्टि हुन थालेको र यो सङ्क्रमणको दोस्राे लहर भएको केन्द्रले बताएको खबरमा उल्लेख छ । रोग नियन्त्रण केन्द्र कोरियाले देश कोरोना सङ्क्रमणको दोस्राे लहरकाे कब्जामा गएको बताएलगत्तै राजधानी सियोलका मेयरले कडा सामाजिक दुरीमा फर्कनुपर्ने बताएकाे बीबीसीले जनाएको छ ।
दक्षिण कोरियाले कोरोना सङ्क्रमणको पहिलो चरणमा भाइरससँग लड्न देशलाई बन्द गर्नुभन्दा आक्रामक ट्रयाक, ट्रेस र परीक्षण गर्दै स्वैच्छिक सामाजिक दुरीको उपाय अपनाएको थियो ।
दक्षिण कोरियामा १२ हजार चार सय ३८ जनामा कोरोना सङ्क्रमण देखिएकाेमा दुई सय ८० जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८१ जना उपचारपछि निको भएका छन् ।
यसैबीच विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ९० लाख ८० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये चार लाख ७१ हजारभन्दा धेरैकाे मृत्यु भएकाे छ भने ४८ लाख ६३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।