काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा
मंसिर २७, २०८१ बिहिबार
दाङ – घोराहीको मुख्य सडकको कालोपत्र उप्किएर जीर्ण बनेपछि ट्राफिक प्रहरीले सडकमा खाडलहरु पुर्न थालेको छ । वर्षातको समयमा जीर्ण सडकले दुर्घटना बढाउने भएपछि ट्राफिक प्रहरीले सडकका खाडलहरु पुर्न थालेको हो ।
घोराही–तुलसीपुर सडक खण्डका विभिन्न ठाउँमा कालोपत्रे उप्किएर ठूल्ठूला खाडलहरु परेपछि हुन सक्ने दुर्घटनाको उच्च जोखिमलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले खाडलहरु पुर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघसँस्थाको समन्वयमा सडकमा परेका खाडलहरु पुर्ने अभियान सुरु गरेको हो । अभियान अन्तर्गत घोराही तुलसीपुर चोक, डिके पेट्रोल पम्प, सेवारखोला, गर्जेखाला, संक्रम खोला लगायतका ठाउँमा खाडल पुर्ने काम भइरहेको छ ।
खाडल परेका सडकहरुमा ग्राबेल गरेर सडक मिलाउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो । प्रमुख रेग्मीका अनुसार घोराही र तुलसीपुर बजारसँगै घोराही–तुलसीपुर सडक खण्डका थुप्रै ठाउँमा रहेका यस्ता खाडलहरु पुर्ने काम भइरहेको छ ।
बिग्रिएको सडक बनाउने काम सडक कार्यालयसँगै सम्बन्धित पालिकाहरुको भए पनि ती निकायहरुले नगर्दा ट्राफिक प्रहरी आफैंले गर्नुपरेको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताउनु भयो ।
‘वर्षातको समयमा पानी पर्दा खाडल र सडकको सतह एकै देखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने गर्छ’ उहाँले भन्नुभयो, ‘खाडलकै कारण दुर्घटना नहोस् भनेर पुर्न थालेका हौं ।’
ट्राफिक प्रहरी कार्यालयले थालेको सडकका खाडल पुर्ने काममा घोराही उप–महानगरपालिका, फोरलेन सडक बिस्तार गर्ने जिम्मा पाएको निर्माण कम्पनी, टिप्पर व्यवसायीहरूले साथ दिएका थिए । ट्राफिक प्रहरीको आग्रहमा फोरलेन सडक बिस्तार आयोजनाले ग्राबेल उपलब्ध गराइदिएको हो ।
यसैगरी टिप्पर व्यवसायीहरूले टिप्पर उपलब्ध गराइदिएका थिए भने घोराही उपमहानगरपालिकाले ग्राबेल दाब्ने रोलर उपलब्ध गराइदिएको प्रहरी प्रमुख रेग्मीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
jonesfb nepalili (जोन्सेफबि नेपालीली)
June 24, 2020, 9:37 a.m.समाचार पढ्दा पनी अचम्म लाग्छ बिचरा "दुर्घटना रोक्न सडकका खाडल पुर्दै ट्राफिक प्रहरी" कहाँ गयो नेपाल सरकार? भन्ने बेलामा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार के सरकार चाही खरिद प्रकृयामा कमिशन खान र आफ्ना नाता गोतालाई जागीर खुवाउन र ट्रिपर, डोजर अनी ट्याक्टर अनि ठेग्गापट्टा मिलाउनकै लागी मात्र हो। कती गर्ने सुरक्षा फौजले सिमानाको रक्षा, सुरक्षा फौजले सुरक्षा गर्यो नेताले हस्तान्तरण गर्छन यस्तो छ नेपालका देश बनाउने नेता ज्यू हरु।