च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुुवाटारमा चलिरहेको बैठकमा पार्टीको काम, सरकारको समीक्षा र एमसीसीलगायतका विषयमा छलफल भइरहेको नेकपाले जनाएको छ । आजको बैठकले अमेरिकाले दिने मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को बारेमा निर्णय हुने सम्भावना छ ।
तर नेकपाका अधिकांश स्थायी कमिटीका सदस्य एमसीसी सम्झौता जस्ताको त्यस्तै पारित गर्न नहुने पक्षमा रहेकाेले एमसीसीको बारेमा निर्णय लिन नेकपालाई कठिन देखिएको बताउँछन् ।एमसीसीको विषयमा दुई अध्यक्षबीच मत नमिलेपछि राजनीतिक प्रतिवेदन नै तयार हुन सकेको छैन । बैठकमा छलफलको लागि राजनीतिक प्रतिवेदन पेस गर्ने परम्परा भए पनि दुई अध्यक्षबीच एमसीसी सम्झौताबारे फरक–फरक मत भएपछि प्रतिवेदन तयार हुन नसकेको हो ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सदनबाट जसरी हुन्छ पारित गर्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनले औँल्याएका विषयमा संशोधन गरेर मात्र पारित गर्ने अडानमा हुनुहुन्छ ।
नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठको मत पनि संशोधन गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।