काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा
मंसिर २७, २०८१ बिहिबार
दाङ – स्वाब सङ्कलन गरेको दुई हप्ताभन्दा बढी भइसक्दा पनि रिर्पोट नआउँदा दाङमा कोरोनाको पीसीआर परीक्षण सकसपूर्ण बन्दै गएको छ ।
भारतबाट फर्किएकाहरुलाई जिल्लाका पालिकाहरुले वडास्तरमा बनाएका क्वरेण्टीनमा राखिएको छ । लामो समयसम्म क्वरेण्टीनमा बसेकाहरुकोे पीसीआर रिर्पोट नआउँदा निरोगी पनि सङ्क्रमित हुन सक्ने त्रासमा बसिरहेको पीडितहरु बताउँछन् । क्वरेण्टीनमा सँगै बस्ने भएका कारण एक जना मात्रै सङ्क्रमित भए पनि सबैलाई सार्न सक्ने उनीहरुको गुनासाे छ ।
समयमै स्वाब परीक्षण नहुँदा धेरैजसो एक महिनाभन्दा बढी समयसम्म क्वरेण्टीनमा बसिरहेका छन् । क्वरेण्टीनमा बसेका धेरैजसोको १५ दिनपछि स्वाब सङ्कलन हुने र रिर्पोट आउन थप १५ दिनभन्दा बढी लाग्ने गरेको पालिकाहरुले जनाएका छन् । यो बीचमा क्वरेण्टीनमा बसेकाहरुले छिट्टै रिर्पोट ल्याइदिन आफूहरुलाई दबाब दिने गरेको वडाध्यक्षहरु बताउँछन् ।
जिल्लाका सबैको पीसीआर परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुँदै आएको छ । पहिलेकाे राप्तीका सबै जिल्ला र कर्णाली प्रदेशका केही जिल्लाको नमुना परीक्षणकाे लागि आउने हुँदा रिर्पोट आउन समय लाग्ने गरेको प्रतिष्ठानले जनाएको छ ।
जिल्लाका क्वरेण्टीनमा अझै पनि तीन हजारभन्दा बढी व्यक्तिहरु बसिरहेका छन् । ती सबैको स्वाब सङ्कलन भएको छैन, स्वाब सङ्कलन भएकाहरुको पनि रिर्पोट आइसकेको छैन । रिर्पोट आउन ढिलाइ भएकै कारण क्वरेण्टीनमा १५ दिन बिताएर घर गएको चार दिनपछि पोजिटिभ रिर्पोट आएर आइसोलेशनमा जानुपरेको घटना पनि देखिएका छन् ।
अहिलेसम्म क्वरेण्टीनमा बसेका भन्दा बाहिरका व्यक्तिहरुको पीसीआर परीक्षण नै भएको छैन । स्वाब सङ्कलन गरेको १६ दिनपछि पोजिटिभ रिपोर्ट आएर दुई जना वडाध्यक्ष सिधै आइसोलेशन सेन्टरमा गएका छन् ।
रिर्पोट नआउँदासम्म उनीहरु कार्यालयको दैनिक काममा खटिरहेका थिए । यसबीचमा उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नै समस्या भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
दिल मगर
June 25, 2020, 8:53 p.m.दाङ्ग राजपुर गाउँपालिकाको हालत झन नाजुक छ, त्यहाँ पनि भारतवाट आएका नागरिकहरु छन तर एउटा मास्क सम्म उपलब्ध छैन / वडा अध्यक्षहरु क्वारेन्टाइन सम्म त पुग्दैन्न अनि स्वाब परिक्षण को रिपोर्ट कहाँ बाट आउँछ ? पहल गर्नु पर्यो ९०% सबै किसानी हुन, अहिले बर्खा लाग्यो, धमा धम खेती गर्ने समय छ , गरिब हरुलाई क्वारेन्टाइन मा राखेर कोरोना भन्दा पनि भोक ले मार्न खोजेको हो कि के हो ? अब रिपोर्ट कुर्नलाई दाङ्गमा मात्र परिक्षण हुने हुदा त गरिब त तेतिकै मर्छ होला नि / एउता उखान भन्न मन लाग्यो मर्नु भन्दा बौलाउन जाती /कतै ती नागिरिक कति दिन सम्म क्वारेन्टाइन मा बस्ने ? सरकारको नियम कहिले सम्म पालना गर्ने ? भोलिको दिन मा कोही भोकले अथवा अन्य कुनै रोगले मर्ला ? के कोरोना लागेर मर्यो भन्नी ? अब नागरिक त्रासमा छन् , प्लिज सम्बन्धित निकायको ध्यान जावस /