एनएनआईपीए स्पोर्टस अवार्ड पुस २० गते हुने
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – मलेसियाबाट स्वदेश फर्कने नेपालीलाई मलिण्डो एअरले सरकारले तोकेकोभन्दा झण्डै तीन हजार रुपैयाँ सस्तोमा ल्याइदिने भएको छ ।
हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले तोकेको भाडाभन्दा झण्डै तीन हजार रुपैयाँ सस्तो भाडादर मलिण्डो एअरले तोकेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । मलेसियाबाट काठमाण्डौ आउने चार्टर्ड उडानको भाडादर हिमालय र नेपाल एअरलाइन्सको १५ सय ९० मलेसियन रिंगिट अर्थात आजको विनिमयदर अनुसार ४४ हजार ७९५ रुपैयाँ रहेको छ ।
तर मलिण्डो एअरले १५ सय मलेसियन रिंगिंट अर्थात आजको विनिमय दर अनुसार ४२ हजार २५९ रुपैयाँ तोकेको छ । एअरलाइन्स वा अन्य एजेण्ट कसैले पनि योभन्दा बढी भाडा मागेमा नदिन र नतिर्न मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । कुनै बहानामा बढी भाडा मागेमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।