पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – आज प्रदेश नम्बर २ को केही ठाउँमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन् ।
प्रदेश २ का केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । मनसुन सक्रिय नै भए पनि आज र भोलि अरु ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
प्रदेश २ बाहेकका अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सिदेखि भने पानी पर्ने क्रम केही बढ्न सक्ने मौसमविद पौडेलले बताउनुभयो । आज दिउँसो काठमाण्डौ उपत्यकासहित अरु ठाउँमा छिनमै घाम लाग्ने, बादल लाग्ने र पानी पर्ने क्रम चलिरहने उहाँको भनाई छ ।
निरन्तर पानी परिरहेको बेलामा सानो पानीले पनि पहिरोको तथा बाढीको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।