जलवायु परिवर्तनले निम्ताउने सङ्कट न्यूनीकरणका लागि तीन तहकै स...
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ काे मासु मार्केटका २९ वर्षीय अर्जुन शाही, शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुरका ५१ वर्षीय इन्द्रबहादुर वली र भलानेटीका ३८ वर्षीय रेशमबहादुर विक छन् ।
शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष फर्साराम डाँगीलाई कुटपिट गरेको जानकारी पाएलगत्तै गएको प्रहरीले शान्तिनगरका विभिन्न ठाउँबाट उनीहरुलाई गएराति पक्राउ गरेको थियो ।
पक्राउ परेका सबैलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।