एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – अमेरिकाका विशेषज्ञ डाक्टर एन्थनी फाउचीले देशमा कोरोना महामारीको स्वरुप अझै डरलाग्दाे हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोना सङ्क्रमणको बढ्दो दरलाई लिएर डाक्टर फाउचीले यस्तो चेतावनी दिएका हुन् ।
सङ्क्रमणलाई नियन्त्रणमा लिन नसक्ने हो भने अमेरिकासामु कोरोना महामारीको खतरा बढ्ने उनले बताए । देशमा कोरोना भाइरस सङ्क्रमणको बढ्दो दरलाई लिएर उनले चिन्ता व्यक्त गरेका हुन् ।
उनले बीबीसी रेडियो फोरसँग भने, ‘कोरोना सङ्क्रमणको दर र त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या हेर्दा अमेरिका अरु कुनै देशको तुलनामा नराम्रोसँग प्रभावित भएको छ । सरकारी कामकाज र दैनिकी सामान्य अवस्थामा ल्याउने कोसिस गरिरहँदा विभिन्न राज्यमा सङ्क्रमणको दर बढिरहेको छ, जो निकै चिन्ताको विषय हो ।’
‘हामीले यो अवस्थालाई नियन्त्रणमा नै लिनुपर्ने हुन्छ नत्र अमेरिकासामु कोरोना महामारीले अझै खतरनाक स्वरुप लिन सक्ने खतरा छ ।’
कोरोना महामारी नियन्त्रणमा लिने केही युरोपेली देशसँग अमेरिकाको तुलना गर्दै डाक्टर फाउचीले भने, ‘उनीहरुले ९७ प्रतिशतसम्म लकडाउन गरेका थिए भने अमेरिकाले ५० प्रतिशतसम्म मात्र लागू गरेको थियो । यसले महामारी फैलिन मद्दत पुगेको हो ।’
खासगरी युवा वर्गलाई सामाजिक जिम्मेवारीको सुनिश्चितता गर्नुपर्ने उनले बताए ।
अमेरिकामा अहिलेसम्म २७ लाख ८० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
त्यस्तै विश्वभर अहिलेसम्म एक करोड आठ लाख ३३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा पाँच लाख १९ हजारभन्दा धेरैको ज्यान गएको छ । सङ्क्रमितमध्ये ६० लाख ५२ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।