बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
काठमाण्डौ – महानगरीय प्रहरी परिसर काठमाण्डौले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।
प्रहरीले विभिन्न ठाउँबाट चोरी भइ फेला परेका २० थान मोटरसाइकल तथा स्कुटर आइतबार पत्रकार सम्मेलन गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) एवं महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख श्यामलाल ज्ञवालीले मोटरसाइकल तथा स्कुटर चोरी भएको उजुरी परेको आधारमा विभिन्न समयमा जाँचको क्रममा र केही ठाउँमा बेवारिसे अवस्थामा फेला परेको बताउनुभयो ।
चोरी भएका ती मोटरसाइकलहरु मोडिफाइड गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो । लकडाउनको अवस्थामा पनि विभिन्न ठाउँमा जाँच हुँदा कागजपत्र प्राप्त नभइ छोडेर गएका मोटरसाइकलहरु चोरी भएको पाइएको ज्ञवालीले बताउनुभयो ।
उहाँले काठमाण्डौ उपत्यकामा चक्रपथभन्दा बाहिरको क्षेत्र र सार्वजनिक पार्किङबाट मोटरसाइकल चोरी भएको तथा हराएको उजुरी सबैभन्दा धेरै परेको जानकारी समेत दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।