धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – यूएईबाट १६ दिनको अवधिमा ३५ सय नेपाली स्वदेश फर्किएका छन् ।
कोरोनाको कारण समस्यामा परेका ३५ सय २ जना नेपाली २० वटा चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभएको छ ।
नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, खान बस्न समस्यामा परेका, रोजगारी गुमाएका या बेतलबी बिदामा रहेका, विद्यार्थी लगायतलाई स्वदेश फर्काइएको उहाँले बताउनुभयो ।
टिकट र होटल क्वरेण्टीन खर्च आफैंले व्यहोर्ने गरी सरकारले स्वदेश फिर्तीको लागि चार्टर्ड जहाज नेपाली लिन पठाए पनि स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका तर टिकट किन्न नसक्ने अवस्थाका नेपालीलाई दूतावासले सम्बन्धित म्यानपावर कम्पनी, च्यारिटी अर्गनाइजेशन लगायतसँग समन्वय गरी स्वदेश पठाएको राजदूत ढकालले बताउनुभयो ।
आइतबारसम्ममा विभिन्न देशमा समस्यामा परेका १८ हजार ९ सय नेपाली स्वदेश आइपुगेकाछन् ।
गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार अहिलेसम्म विभिन्न देशबाट १८ हजार ९ सय नेपालीलाई चार्टर्ड जहाजमार्फत स्वदेश आइपुगेका हुन् ।
अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया र माल्दिभ्सबाट त्यहाँ समस्यामा रहेका नेपालीलाई नेपाली र केही विदेशी चार्टर्ड जहाजले स्वदेश ल्याएका हुन् ।
यस्तै श्रीलंका, यूएई, साउदी अरेबिया सिंगापुर, हङ्गकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका छन् ।
आज पनि बहराइन र साउदी, कवेत र मलेसियाबाट नेपाली फर्कंदै छन् भने साउदी, यूएई र मलेसियामा नेपाली लिन जहाज साँझ जाँदै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रमेश बहादुर लामा
July 12, 2020, 12:50 a.m.समाचार त आउँछन् तर मैले पनि फारम भरेको 3महिना भइसक्यो अझै नाम आको छैन कि चासो नभएको हो थाहा छैन अन्यौल मा छु