ओली र प्रचण्डबीच भेटवार्ता

 असार २२, २०७७ सोमबार १२:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहानै भेटवार्ता भएको छ । 

ओलीलाई भेट्न प्रचण्ड बालुवाटार जानुभएको थियो । पार्टीभित्रको विवाद समाधानको लागि छलफललाई निरन्तरता दिन दुवै अध्यक्ष सहमत हुनुभएको ओलीको निजी सचिवालयले जनाएको छ ।

सहमति खोज्नकै लागि पार्टी स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिनुभएको छ भने अर्का अध्यक्ष प्रचण्डले दुईमध्ये एक पद छोड्न सुझाव दिनुभएको छ । 

दुई अध्यक्षबीचको तनाव कम गरेर साझा धारणा बनाउन भन्दै विष्णु पौडेल, शंकर पोख्रेल, जनार्दन शर्मा र वर्षमान पुन सम्मिलित चार सदस्यीय अनौपचारिक कार्यदल गठन भएको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • नारायण शर्मा रेग्मी

    July 6, 2020, 2:02 p.m.

    कि त मिलेर देश का जल्दाबल्दा समस्या हल गर नत्र छिटो वारपार होउ यो अवस्था मा यसरि देशलाई अलमलाएर आफ्नो आफ्नो स्वार्थ सिद्द गर्न नखोज फेरि तिमि लाई त्यहाँ पुराएका देश भक्त नागरिक ले सडक बाटै तिम्रो हिसाबकिताब खोजे भने तिम्रो कुन हालत होला राम्रो सँग सोच है !

  •  0 Reply
  • Debraj acharya(Dev)

    July 6, 2020, 12:59 p.m.

    नेपाल अहिले कोरोना महामारी र प्राकृतिक बिपत्तिको दलदलमा फसिरहेको बेला त्यसबाट मुक्ति दिनतर्फ केन्द्रित नभई सत्ता र पदको लागि लुछाचुडि गर्न अलिकति पनि लाज लाग्दैन है नेताज्यू

  •  0 Reply

तपाईको प्रतिक्रिया