पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – कोरोनाभाइरसको महामारीकै यूएई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ ।
यूएईले पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै देशहरु जुधिरहेको अवस्थामा पनि ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरेको हो । पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो । दुबईले पहिलो पर्यटक यूएईमा आइपुगेको भिडियो पनि मंगलबार सार्वजनिक गरेको छ । कोरोना महामारी सुरु भएपछि गएको मार्च २६ देखि यूएईका बिमानस्थल बन्द थिए ।
यूएईका ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ । पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यूएईका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन् ।
दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यूएई सरकाले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई आमन्त्रण गर्न यूएईले तयारी थालिसकेको छ । मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको यूएईएमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ ।
दुबई घुम्न आउने पर्यटकहरुको औसत बसाई साढे तीन दिन रहे पनि पर्यटकका कारण यूएईका रेस्टुराँ, बार र रात्रिजीवन निकै खचाखच हुने गर्दछ । तर यूएईमा कोरोनाको जोखिम भने अहिले पनि उत्तिकै छ । यूएई नेपाली श्रमिकको रोजगारीको मुख्य श्रम गन्तव्य पनि हो । यूएईमा साढे दुईदेखि तीन लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन् ।
यूएई जानेले उड्नुअघि कोभिड–१९ को परीक्षण गरेको हुनु पर्नेछ ।
अन्यथा, परीक्षण नगरेको अवस्थामा आगमनमै उनीहरुको परीक्षण गरिने तथा स्वास्थ्य प्रतिवेदन प्राप्त नहुँदासम्म आइसोलेसनमा बस्नु पर्नेछ ।
यूएई घुम्न जानेको कोभिड–१९ समेटिएको स्वास्थ्य बिमा अनिवार्य रुपमा गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।
स्वास्थ्यको स्वघोषणाको फारम पनि भर्न पर्नेछ ।
पर्यटकले कोरोना भाइरससँग सम्बन्धित डीएक्सबी एप डाउनलोड गर्न पर्छ । त्यसमा आफ्नो विवरणहरु भर्न पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।