अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
बाँके – क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायले तीन करोड १० लाख रुपैयाँभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ । उपाध्यायले जग्गा खरिद, घर निर्माण, विद्युतीय उपकरण खरिद, जीवन बीमा प्रिमियम शुल्क, सापटी रकम, शेयर तथा डिभेन्चर खरिद, विभिन्न बैंकमा विभिन्न मितिमा मुद्दती निक्षेप जम्मा, शैक्षिक खर्च, सुनचाँदी खरिद, साथमा रहेको नगद र श्रीमती दुर्गा खनाल रिमालको नाममा विभिन्न बैंक खातामा रकम राखेको खुल्न आएको अख्तियारले जनाएको छ ।
अख्तियारले श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।
उपाध्याय सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राजपत्राङ्कित तृतीय श्रेणी इन्जिनियरको पदमा २०६३ साल माघ ५ गते स्थायी नियुक्त हुनुभएकाे थियाे ।
विसं २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएर विभिन्न कार्यालय हुँदै सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा दरबन्दी भइ क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत रहनुभएकाे अख्तियारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।