च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ – गृह मन्त्री रामबहादुर थापाले भारतीय हस्तक्षेपका कारण नेपाल डुबानमा पर्ने गरेको बताउनुभएको छ ।
भारतको हस्तक्षेपका कारण वर्षाैँदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्री थापाले भारतले सीमा क्षेत्रमा बनाएको बाँधरुपी सडकले नेपालको तराई क्षेत्र डुबानमा पर्ने गरेको बताउनुभयो ।
गृह मन्त्री थापाले भारत सरकारसँग पटक-पटक भएका सन्धि सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या आउने गरेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाे बेलासमेत सहमति बनेको र अध्ययन समिति गठन भए पनि त्यो कार्यान्वयनको चरणमा जान नसकेको उहाँले बताउनुभयो ।
नेपाल हुँदै भारततर्फ जाने नदीलाई भारतले निकास नदिँदा समस्या भएको उल्लेख गर्दै गृह मन्त्री थापाले भारतले आफ्नो रक्षाकाे लागि बाँध बनाए पनि नेपालको राष्ट्रिय हितमा धक्का लागेको बताउनुभयो ।
भारतले नेपालसँग गरेको सन्धि र सम्झौता कार्यान्वयन गरी यसको निकास दिनुपर्ने पनि मन्त्री थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।