आफ्नो प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न जोशीको माग

 साउन १९, २०७५ आइतबार ५:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न माग गर्नुभएको छ ।

संसदीय सुनुवाई विशेष समितिले शैक्षिक प्रमाणपत्र विवादास्पद रहेको लगायतका कारण देखाउँदै प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि जोशीले यसको पुष्टि गर्न चुनौती दिनुभएको हो ।

आफ्नो शैक्षिक प्रमाणपत्रहरु आधिकारिक निकायबाट अध्ययन अनुसन्धान नै नगरी निर्णय गर्दा आफू अन्यायमा परेको उहाँको दाबी छ ।

शनिबार विज्ञप्ति निकालेर उहाँले आफूले प्रवेशिका परीक्षा दिँदा दुईवटा बोर्ड रहेको भन्दै यसअघि काम गर्दा शैक्षिक प्रमाणपत्रबारे प्रश्न नउठेको उल्लेख गर्नुभएको छ । अहिले नियतबश आफूलाई अन्यायमा पारिएको उहाँको भनाई छ । 

सुनुवाई समितिले आफ्नो प्रमाणपत्रबारे शंकाकै भरमा निर्णय गरेको उहाँले उल्लेख गर्नुभएको छ । ‘मेरा प्रमाणपत्रबारे स्वतन्त्र निकायबाट छानविन गरी सत्य पत्ता लगाउन संवैधानिक परिषद् र सरकारबाट उचित कदम चालिनेछ भन्ने अपेक्षा सार्वजनिक गरेको छु’ विज्ञप्तिमा भनिएको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • कृष्ण शर्मा

    Aug. 5, 2018, 5:48 a.m.

    गाठे माननियले दश पास गरेकै जस्ताे कुरा अायाे ।ल पासै सही तर अव यता प्रधान हुने अवसर गुम्नु अघीनै बाेलेकाे भए हुने कुरा पछि बाेलेर पछुताे मात्रै । तर याे नैतिक कुराकाे जवाफ सकारात्मक छ । अागे हाेते चेते नही पिछे चेते हाेते नही । काङ्रेसकाे सत्ता कब्जाकाे मारमा परे बुढा बिचरा !!!!!!!

  •  0 Reply
  • कृष्ण शर्मा

    Aug. 5, 2018, 5:48 a.m.

    गाठे माननियले दश पास गरेकै जस्ताे कुरा अायाे ।ल पासै सही तर अव यता प्रधान हुने अवसर गुम्नु अघीनै बाेलेकाे भए हुने कुरा पछि बाेलेर पछुताे मात्रै । तर याे नैतिक कुराकाे जवाफ सकारात्मक छ । अागे हाेते चेते नही पिछे चेते हाेते नही । काङ्रेसकाे सत्ता कब्जाकाे मारमा परे बुढा बिचरा !!!!!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया