थर्मसमा चिया बेच्ने व्यवसाय : थोरै लगानीमा मनग्य आम्दानी
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – पहिरोका कारण बन्द रहेकाे पृथ्वी राजमार्ग दुईतर्फी खुलेको छ । अविरल वर्षासँगै बिहान ९ बजे यो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा पहिरो खस्दा पहिराे खस्दा सडक बन्द भएको थियो ।
एक्स्काभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो ।
यस्तै पहिरोका कारण बिहानदेखि बन्द भएकाे सिद्धार्थ राजमार्ग भने अझै खुलेको छैन । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा सडकमाथिबाट खसेको पहिरोेका कारण बिहान १० बजेदेखि राजमार्गमा कुनै गाडी चल्न सकेका छैनन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।