अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
महोत्तरी – महोत्तरीको जलेश्वरबाट प्रहरीले १९ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका १ बगडाका २४ वर्षीय रविन यादव र २८ वर्षीय रामेश्वर यादव रहेका छन् ।
महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका २ जीरोमाईलमा जाँच गर्ने क्रममा जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको यादव सवार प्रदेश २, ०२, ००१ प ०४८८ नम्बरको मोटरसाइकलबाट साे रकम बरामद गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट १ हजारका १,६७५ थान नोट र ५ सयका ५५० थान नोट नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । बरामद भएको रुपैयाँ र पक्राउ परेको माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिनुभयो ।
यसैबीच, महोत्तरी प्रहरीले शुक्रबार दिउँसो लागुऔषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जलेश्वर नगरपालिका ३ छडकीमा जाँच गर्ने क्रममा भारत बिहार राज्य सितामढी जिल्ला श्रीखण्डी भिटठाका २५ वर्षका कृष्णा दासलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियमित जाँचको क्रममा दासको साथबाट लागुऔषध एक्सिप्लान २० बाेतल बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेको दासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।