एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि छोरी शर्मिष्ठा मुखर्जीले भावुक सन्देश लेख्नुभएको छ ।
शर्मिष्ठाले ट्विटरमा भगवानले आफ्नो लागि सही निर्णय गर्ने र अब जे हुन्छ त्यसलाई स्वीकार गर्न आफूलाई हिम्मत दिने लेख्नुभएको छ । शर्मिष्ठाले बुवा प्रणव मुखर्जीको स्वास्थ्य लाभको कामना गर्दै एक वर्ष पुरानो प्रसङ्गको सम्झना पनि गराउनु भएको छ ।
उहाँले ट्वीट गर्दै लेख्नुभएको छ, ‘गएको वर्ष यही समयमा प्रणव मुखर्जीलाई सर्वोच्च नागरिक सम्मान र भारत रत्न पुरस्कारबाट सम्मान गरिएको थियो, यो वर्ष उहाँ गम्भीर बिरामी हुनुहुन्छ ।’ गएको वर्षको अगस्ट ८ तारिखमा बुवा प्रणव मुखर्जी भारत रत्न पुरस्कारबाट सम्मानित हुँदा आफू निकै खुसी भएको भन्दै शर्मिष्ठाले यसपालिको अगस्ट १० तारिखमा उहाँ गम्भीर रुपमा बिरामी हुनुभएको उल्लेख गर्नुभएको छ ।
— Sharmistha Mukherjee (@Sharmistha_GK) August 12, 2020
उहाँले भगवानले आफ्नो बुवाको लागि राम्रो गर्ने र आफूलाई दुःख/सुख स्वीकार गर्न सक्ने क्षमता दिने बताउनुभएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल जानुभएको थियो । शल्यक्रियाअघि परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण देखिएको हो ।
उहाँ सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ राष्ट्रपति हुनुअघि अर्थ मन्त्री, रक्षा मन्त्री र परराष्ट्र मन्त्रीजस्ता पदमा रहेर काम गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।