जोशीको विषयलाई लिएर संसदमा सत्तारुढ र विपक्षी सांसदबीच जुहारी (भिडियो)

 साउन २१, २०७५ सोमबार १९:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको विषयमा संसदमा सत्तारुढ र विपक्षीसाँसदबीच जुहारी चलेको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय सुनुवाई विशेष समितिले बिनाकारण जोशीलाई अस्वीकृत गरिएको भन्दै आपत्ति जनाउनुभयो । जोशीको शैक्षिण प्रमाणपत्र नक्कली भए छानविन गरेर कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । 

त्यसपछि बोलेका नेकपा सांसद खगराज अधिकारीले कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाउनुभयो । संविधानको धारा १०३ ले संसद र समितिको कारबाहीबारे उल्लेख गरेको भन्दै कार्कीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाँको कुरामा आपत्ति जनाउँदै कांग्रेसका सांसदहरु आफ्नो ठाउँबाट उठे ।

कांग्रेस सांसदहरु उठिरहेको बेला नेकपाकै सांसद विरोध खतिवडाले सम्बोधन गर्दै दुई तिहाईलाई एक तिहाईले नियन्त्रण गर्न खोज्यो भने अधिनायकवाद सुरु हुने बताउनुभयो ।

उहाँको कुरा सुनेर कांग्रेसका सांसदहरुले आपत्ति जनाए । लगत्तै सांसद सांसद हृदयेश त्रिपाठीले संसदीय सुनुवाई विशेष समितिको निर्णय कानुन र नियमावलीसम्मत भएको बताउनुभयो ।

त्यसपछि बोल्नुभएकी कांग्रेस सचेतक पुष्पा भुसालले समय लिएर बोल्दा न्यायपालिकाको स्वतन्त्रको रक्षा गर्नुपर्छ भन्दा कसरी नियमापत्ति हुन्छ भनेर प्रश्न गर्नुभयो । शैक्षिण प्रमाणपत्रमा शंका छ भने अनुसन्धान गरौं भन्दा सुनुवाई समितिले अस्वीकार गरेको उहाँले बताउनुभयो । 

त्यसपछि बोल्नुभएकी नेकपा सांसद पूर्णाकुमारी सुवेदीले भुसालको भनाईको खण्डन गनुभयो ।

 

 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया