गहना किनेबापत नक्कली चेक दिएर भागेकी २९ वर्षीया महिला पक्राउ

 साउन २९, २०७७ बिहीबार १७:१७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चार लाख ३६ हजार रुपैयाँ बराबरका सुनचाँदीका गहना किनेर पैसा नतिरी भाग्ने झापाकी शारदा मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

नयाँ बानेश्वरकी रमिता रञ्जित श्रेष्ठको उजुरीकाे आधारमा मगरलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । उनले सिक्री, सुनको लकेट, बाला, सुन र हिराको औँठी लगायतका गरगहना बनाएको र एक सहकारी संस्थाको नक्कली चेक दिएर ठगेको प्रहरीले जनाएको छ ।

२९ वर्षीया शारदा मगरले अरु व्यक्तिलाई पनि ठगेको हुन सक्ने भएकाले ठगीमा परेकाहरुलाई उजुरी दिन पनि अपराध महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया