फाल्गुनन्द गोल्डकप : पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदि...
पुस ८, २०८१ सोमबार
बाजुरा – बाढी पहिराेका कारण विस्थापित भएकाहरुलाई राहत दिनका लागि गृह मन्त्री रामबहादुर थापा बाजुरा पुग्नुभएको छ । गएकाे साउन २६ गते आएकाे बाढी र पहिराेमा परेर विस्थापित भएकालाई हेलिकप्टरमार्फत राहत पुर्याउनुभएकाे हाे ।
मन्त्री थापा हप्ता दिनदेखि सम्पर्कमा आउन नसकेका गौमुल गाउँपालिका सिम र अजय टेट्की गाउँमा राहत लिएर पुग्नुभएकाे हाे । बाढी पहिराेका कारण पुल बगाएपछि ती गाउँ सम्पर्कमा आउन सकेका थिएनन् ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्लाका बाढी पहिराे पीडितका लागि तत्काल राहत उपलब्ध गराउनका लागि पहल गरिदिन गृह मन्त्रालयलाई अनुरोध गरेपछि गृह मन्त्री थापा आफै राहत लिएर बाजुरा पुग्नुभएको हो ।
बाजुरा जिल्लामा गएकाे साउन १ गतेदेखि आएकाे बाढी पहिराेका कारण अहिलेसम्म चार सय ५४ जना विस्थापित भएका छन् । एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता छन् ।
यस्तै बाढी पहिराेका कारण ६१ घरमा पूर्ण र २३ घरमा आंशिक क्षति पुगेको छ । ६० घरधुरी विस्थापित भएको विपद् व्यवस्थापन समन्वय समितिको प्रतिवेदनमा उल्लेख छ ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।