काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
काठमाण्डौ - आज तीजको दर खाने दिन । भोलि बस्ने व्रतको अघिल्लो दिन आज खीर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दूध घिउबाट बनेका परिकार दरका रुपमा खाने परम्परा छ ।
ठाउँअनुसार कतै बेलुका अरु चीज नखाएर दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
तीजमा धेरै महिला व्रत बस्ने गरे पनि पहिलेजस्तो निराहार व्रत बस्ने चलन भने हराउँदै गएको छ । दर खानको लागि चेलीबेटीलाई माइत बोलाउने चलन भए पनि यो वर्ष कोरोनाका कारण चेलीबेटी आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् ।
अहिले भिडभाड गर्दा कोरोनाको संक्रमण बढ्ने भएकाले भोलि पनि आफ्नै घरभित्रै रमाइलो गरेर मनाउनुपर्नेछ । यस्तै तीजका दिनमा खुल्ने काठमाण्डौको पशुपति मन्दिरलगायत पनि बन्द हुने भएका छन् । यसैबीच, व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिनुपर्ने डाक्टरले बताएका छन् ।
दर खाँदा रङ्गलगायत अखाद्य वस्तु हालेका फोहोर गरी बनाइएका मिठाई तथा विषादी हालेका तरकारी र फलफुल नखान डाक्टरले सुझाव दिएका छन् । सकेसम्म घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन डाक्टरको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।