भारतमा एकैदिन १० लाख भन्दा धेरैको कोरोना परीक्षण

 भदौ ६, २०७७ शनिबार १४:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतले परीक्षण दर बढाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार एक दिनमा १० लाख भन्दा धेरैको परीक्षण गर्ने क्षमता बढाएको छ । गएको २४ घण्टामा भारतमा १० लाख भन्दा धेरैको नमूना सङ्कलन भएको भारतको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

गएको २४ घण्टामा भारतमा झण्डै ७० हजार जनालाई सङ्क्रमण भएको छ । यस बीचमा १० लाख २३ हजार ८ सय ३६ जनाको कोरोना परीक्षण गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गएको २४ घण्टामा ९ सय ४७ जनाको ज्यान गएको छ । यस्तै भारतमा अहिलेसम्म २९ लाख ७९ हजार भन्दा धेरै सङक्रमित भएका छन् भने ५५ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया